‘ह्याप्पी पटेल’मार्फत कमव्याक गर्दै इमरान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १९ दिन अगाडि
‘ह्याप्पी पटेल’मार्फत कमव्याक गर्दै इमरान

काठमाडौ -फिल्म ‘जाने तु या जाने ना’बाट बलिउडमा पाइला चालेका अभिनेता आमिर खानका भान्जा इमरान खान नौं वर्षपछि अभिनयमा कमव्याक गर्ने भएका छन् ।

पछिल्लो पटक सन् २०१५ मा रिलिज फिल्म ‘कट्टी बट्टी’मा अभिनय गरेका इमरान मामा आमिरको फिल्म ‘ह्याप्पी पटेल’बाट अभिनयमा कमव्याक गर्न लागेका हुन् । फिल्ममा वीर दासको निर्देशन रहनेछ ।
इमरानले फिल्मको सुटिङ सुरु गरेका छन् । उनले गोवाबाट फिल्मको काममा जोडिएका हुन् । फिल्ममा इमरानसँगै मोना सिंहको पनि अभिनय रहनेछ ।  कमेडी जनराको फिल्ममा इमरानले ह्याप्पी पटेलको भूमिका निभाउनेछन् । वीर दासको यो डेब्यू निर्देशन फिल्म हो । फिल्म आमिरकै प्रोडक्सन हाउसले निर्माण गर्दैछ । फिल्ममा आमिरको केमियो भूमिका हुने भनिए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।